|

रौतहट : बौधिमाई नगरपालिकाको बंकुलमा सडक बिस्तार गर्ने विषयलाई लिएर शनिबार राति दोहोरो झडप हुँदा ४ जना घाइते भएका छन्। 
दुईजनाको अबस्था गम्भीर छ भने २ जनाको अबस्था सामान्य रहेको छ। सडक बिस्तारको बिषयलाइ लिएर सो नगरपालिकाको वार्ड नं. ७ का वार्ड अध्यक्ष बिजय कुशवाह र जग्गाधनी शिव गोबिन्द कुशवाहबीच दोहोरो झडप भएको थियो। झडपमा शिव गोबिन्द कुशवाह सहित उनका भाइ महानन्द कुशवाह, रामेश्वर कुशवाह र राजकुमार कुशवाह घाइते भएका छन्।

शिव गोबिन्द कुशवाह र राजकुमार कुशवाहको अबस्था भने गम्भीर रहेको छ । उनीहरुको थप उपचारको लागी बिरगंजबाट चितवन रिफर गरिएको प्रहरीले जनाएको छ। वार्ड अध्यक्ष बिजय कुशवाहका गुणहरूले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको पिडित पक्षको आरोप छ।
वार्ड अध्यक्ष बिजय कुशवाहले जर्वजस्ति बाटो बढाएर निजी जनिममा क्षेती पुर्याएको भन्दै शनिवार साझ दुइ पक्षबीच झडप भएको हो । घाइते मध्ये दुई जनालाई थप उपचारको लागी बिरगंज पठाइएको छ। 

जग्गाधनी शिव गोबिन्द कुश्वाहाले सडक विस्तारको बिरोध गर्दै आएका थिए। सो बिषयलाइ लिएर शिव गोबिन्द कुशवाहले अदालतमा मुद्दा समेत दर्ता गराएका थिए। वडाको बजेट ५० लाखमा  ५ सय मिटर सडक ढलान गर्ने योजना रहेको र १५ मिटर ढलान गर्न बाँकी हुँदा काममा अवरोध गरेपछि विवाद उत्पन्न भइ झडप भएको वडा अध्यक्ष कुश्वाहले जानकारी दिएका छन्।

 झडपमा आफनो पक्षको पनि मान्छेहरु घाइते भएको उनले जानकारी दिए। घाइतेहरुको टाउकोमा धारिलो हतियार प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राम कुमार दानीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.