|
प्रतीकात्मक तस्बिर

काठमाडौं : प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। २१३ किलो चरेश र दुई केजी २५० ग्राम अफिमसहित भारत मोतिहारीका मेराज अलामलाई प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।

उनीसँगै लागुऔषध कारोबारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको ट्रक पनि बरामद गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव महानिरीक्षक ठूले राईले नेपालको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पुर्‍याउने योजनाका साथ ट्रकमा राखिएको अवस्थामा सो लागुऔषध बरामद गरिएको जानकारी दिए। उनले अनुसन्धानका क्रममा भारतीय नागरिक मेराजले यसअघि पनि लागुऔषध कारोबार गरेको खुल्न आएको पनि बताए।

मेराजको लागुऔषध कारोबारबारे विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले

जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.