राजनीति

राष्ट्रियसभा अध्यक्षले सरकारको ध्यानाकर्षण गराए
SHARES

असार १०, २०७५

    काठमाडौं : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गरेका विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गरेका छन्।

    राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। विशेष समयमा सांसदहरूले आफूले उठान गरेका विषय के कति सम्बोधन भए? के कति कुन कारणले हुन सकेन? भन्ने प्रश्न गरेका थिए।

    विशेष समयमा सांसदले मुलुकले भोग्नुपरेका समस्या र समसामयिक विषयलाई उठान गरेका थिए। यस क्रममा सांसद खिमलाल भट्टराईले सुकुम्बासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै लुम्बिनी विश्वविद्यालयलाई बहुविषयको विश्वविद्यालय बनाउनुपर्ने बताए।

    सांसद अनिता देवकोटाले संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न छिटो विधेयक ल्याउन र दाइजो प्रथा अन्त्य गर्न माग गरिन्।

    सांसद रमेशप्रसाद यादवले तराई मधेशका उखु मिलले कृषकलाई उखुको भुक्तानी नदिएको हुँदा उखुखेती गर्ने कृषक आर्थिक समस्यामा परेको बताए।

    सांसद रामनारायण विडारीले स्थानीय र प्रदेश सरकारलाई कानूनको अभावमा आ–आफ्ना कार्य सम्पादन गर्न कठिन परेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

    सांसद तारादेवी भट्टले स्वास्थ्य मन्त्रालयले अचानक हुने महामारी नियन्त्रण गर्न के के कस्तो तयारी गरेको छ त्यसको जानकारी आओस् भनेर माग गरिन्।

    सांसद कविता बोगटीले हुम्ला जिल्लामा खाद्यान्न अभाव भएकातर्फ सरकारको ध्यानाकर्षण गराइन्।

    विशेष समयमा सांसद खिमकुमार विक, प्रकाश पन्त, नरपति लोहार, शेरबहादुर कुँवर, विमला राई पौडेल, रामप्रित पासवान, हरिचरण शिवाकोटीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

    राष्ट्रियसभाको अर्को बैठक असार १४ गते बिहीबार १ बजे बस्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]