|
इंग्ल्यान्डका ह्यारी केन सेतो जर्सीमा

काठमाडौं : कप्तान हेरी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्ड पनामाविरुद्ध फराकिलो जीतसँगै विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ। 

इंगल्या्न्डले समूह जीको दोस्रो खेलमा पनामालाई ६-१ ले पराजित गरेको हो। 

इंग्ल्यान्डका लागि ह्याट्रिक गर्ने क्रममा कप्तान केनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए। केनले २२औँ, ४५औँ र ६२औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन्। उनले यो प्रतियोगितामा पाँच गोल गरेका छन्। त्यस्तै पनामाविरुद्ध जोन स्टोन्सले ८औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। स्टोन्सले ४०‍औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। इंग्ल्यान्डका लागि जेसी लिंगार्डले ३६औँ मिनेटमा गोल गरेका थिए।

पनामाका लागि सान्तावना गोल फिलिप बालोइले ७८औँ मिनेटमा गोल गरेका थिए। विश्वकपमा पनामाको यो पहिलो गोल भएको छ।

ग्रुप जी बाट बेल्जियम र इंग्ल्यान्ड नकआउट चरणमा छनोट भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.