|

सुर्खेत : सुर्खेतका स्थानीय तहले सडक र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका छन्।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले शहर व्यवस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याएको छ। कर्णाली प्रदेशकै राजधानीका रूपमा रहेको विरेन्द्रनगरलाई सम्बृद्ध र सुशासन मैत्री नमुना नगर बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो।

पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, स्वास्थ सेवा अन्र्तगत नागरिकलाई स्वास्थमा पहुँच पुर्‍याउने उदेश्यले विभिन्न कार्यक्रम गर्ने जनाएको छ। महिला तथा बालबालिका, शिक्षा, खेलकुदसम्बन्धी विभिन्न योजनाहरू नगरपालिकाले सार्वजनिक गरेको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष  २०७५/७६ को लागी ९३ करोड ७४ लाख ८३ हजार रुपैयाँको बजेट  प्रस्तुत गरेको छ। नेपाल सरकारबाट प्राप्त बजेट सिलिङ र नगरको आन्तरिक श्रोतसमेतलाई आकलन गरी आज झण्डै दुर्इ करोड ४८ लाख घाटा बजेट प्रस्तुत गरेको हो।

उपप्रमुख मोहन माया ढकालले तेस्रो नगरसभामा आव ०७५/०७६ को बजेट प्रस्तुत गरेकी हुन्। वित्तिय समानीकरण अनुदानबाट २४ करोड ५१ लाख १७ हजार, संघीय सरकारको राजस्व बाँडफाँडमार्फत १५ करोड ३१ लाँख ८ हजार, सशर्त अनुदानमार्फत ३१ करोड २५ लाख ७० हजार रकमसहितको बजेट प्रस्तुत गरिएको हो।

यस्तै प्रदेश सरकारको अनुदान सहयोगबाट ७७ लाख ३९ हजार, विशेष अनुदानमार्फत १४ करोड ४० लाख ११ हजार र अन्य अनुदान गरी कुल ९३ करोड ७४ लाँख ८३ हजार रुपैयाँ आम्दानी हुने देखाइएको छ। विभिन्न खर्च अन्तर्गत चालुतर्फ ६२ करोड २२ लाख ३९ हजार र पुँजीगततर्फ ३४ करोड ४४ लाख र ९६ करोड २२ लाख ८३ हजार गरी कुल दुर्इ करोड ४८ लाख घाटा बजेट प्रस्तुत गरिएको छ।

यसैगरी भेरी गंगा नगरपालिकाले पनि सडक, भौतिक पूर्वाधार, कृषि र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कायक्रम ल्याएको छ। बजेट आउन भने केही दिन लाग्ने नगर प्रमुख भुपेन्द्र चन्दले जानकारी दिए। बजेट १३ देखि १४  करोडको विकासे बजेट ल्याउने तयारी भइरहेको उनले बताए। 

यस्तै,  सुर्खेतको लेकवेसी नगरपालिकाले चालु तर्फ २२ करोड ७६ लाख ३१ हजार ५०० र पुँजीगततर्फ १५ करोड ८३ लाख ३३ हजार ५०० को जम्मा बजेट ल्याएको छ। गाउपालिकाले सडक,  गुणस्तरीय शिक्षा, व्यवसायीक कृषिलाई बजेटको प्रमुख प्राथमिकतामा राखेको छ।

सिम्ता-नमना-सिम्ता सडकका लागि ३५ लाख, लामीडाँडा सडकखण्डमा ५० लाख, शिक्षामा ४५ लाख स्वास्थ्यतर्फ २५ लाख, कृषिमा २८ पशुमा २५ लाख तथा महिला बालबालिकातर्फ १५ लाख बजेट सामाजिक सुरक्षामा दुर्इ करोड सात लाख ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख गगन सिंह सुनारले बताए।

त्यस्तै, चिङगाड गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ मा जम्मा २५ करोड ९३ लाख छ हजारको बजेट सार्वजनिक गरेको छ। विशेषगरी सडकलाई नै प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले जानकरी दिए।

यसैगरी, सिम्ता गाउँपालिका र वराहताल गाउँपालिकाले विशेषगरी पर्यटन, सडक, कृषि महिला तथा बालबालिकाका क्षेत्रमा नै बजेटले प्राथमिकताका साथ ल्याएको छ।

पञ्चपुरी नगरपालिकामा पनि बजेटमाथि छलफल जारी रहेको छ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले भने बजेट ल्याउन केही दिन लाग्ने बताएको छ। चौकुनेमा बजेटको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको जनाएको छ। बजेटमा विशेषगरी सडक, शिक्षा, स्वास्थ्य महिला बालबालिका, सहकारीलगायतका क्षेत्रलार्इ प्राथमिकता दिने गरी बजेट आउन लागेको चौकुने गाँउपालिका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.