|

धनगढीः प्रदेस ७ को एक मात्र उपमहानगरपालिका रहेको धनगढी उपमहानगरपालिकाले ‘सवृदि उपमहानगरपालिका, सवृद्धि नगरवासीको नाराका साथ नीति तथा कार्यक्रम सार्वननिक गरेको छ।  आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा सञ्चार, उद्यम र सहकारीको विकास, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ।

आर्थिक विकासतर्फ नाकामा 'क्वारेनटाइन' स्थापना गरिने, एक वडा एक कृषि उत्पादनका लागि प्रत्येक वडामा जेटिए राखिने, सबै वडामा माटो परीक्षणको व्यवस्था गरिने, उपमहानगरपालिकाको १२ नम्बर वडामा द्वारिकादेवी कृषि अनुसन्धान केन्द्र स्थापना गरिने उल्लखे गरिएको छ।

नदी किनारामा साइकल ट्याक बनाइने, सपिङ कम्पलेक्ससहितको भ्यू टावर र घण्टा घर निर्माण गरिने, स्वीकृति लिएर मात्रै जगा प्लटिङ गर्ने व्यवस्था गरिने र एक घर एक कार्यक्रम सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा जनाइएको छ।

नीति तथा कार्यक्रमसँगै  उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि एक अर्ब ७९ करोड ३४ लाखको बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ। उपमहानगरपालिकाले चालु खर्चमा ८० करोड ४९ लाख र पुँजीगत खर्चमा ९८ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ। उपमहानगरपालिकाले आन्तरिक आयबाट १३ करोड ५० लाख, वित्तीय सामानीकरण दुर्इ करोड ११ लाख, राजश्व वाँडफाड ५९ करोड दुर्इ लाख ९२ हजार, सर्शत अनुदानमार्फत ३६ करोड दुर्इ लाख रुपैयाँ ल्याउँने जनाएको छ।

त्यस्तै सामाजिक सुरक्षा भत्ताको १६ करोड, सडक बोर्ड नेपालको एक करोड, प्रदेश सरकारको समपुरक र विशेष अनुदानमार्फत गरी एक अर्ब ७९ करोड ३४ लाख रुपैयाँ बजेट आउँने उपमेयर शुसिला मिश्र भट्टको भनाइ छ।

चालु आर्थिक वर्षका लागि  एक अर्ब १४ करोड बराबरको बजेट  पारित गरेको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७९ करोडको बजेट तेश्रो नगर सभामा प्रस्तुत गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.