|

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ। परीक्षा नियन्त्रण कार्यालय(पनिका)ले शनिबार प्रकाशन गरेको नतिजामा आइतबार हजारौँ विद्यार्थीको जीपीए बढेको छ।

पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाटविद्यार्थीले शनिबार प्राप्त गरेको जीपीए आइतबार बढेको समाचार नयाँ पत्रिकाले लेखेको छ। जीपीए बढेपछि विद्यार्थी, अभिभावक र शिक्षक अन्योलमा परेका छन्।

पनिकाको प्राविधिक शाखाका इन्जिनियरले परीक्षार्थीको प्राप्तांक कम्प्युटरमा ‘इन्ट्री’ गर्ने क्रममा त्रुटि भएपछि केहीको नतिजा कम देखिएको परीक्षा नियन्त्र अम्बिकाप्रसाद रेग्मीले बताए। उक्त समस्या आइतबार समाधान भइसकेको उनले जानकारी दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।  

यो त्रुटिका कारण कति परीक्षार्थीको नतिजा वृद्धि भयो भन्ने यकिन तथ्यांक पनिकाले निकालेको छैन। त्रुटिका कारण परीक्षार्थीले पाएको अंकलाई तल्लो ग्रेडमा राखिएकाले त्रुटि सच्चिएपछि नतिजा वृद्धि मात्र हुने तर नघट्ने नियन्त्रक रेग्मीले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.