|

काठमाडौं : नेपाल र बेलायतबाट सट्टेबाजको धन्दा चलाउने गिरोहका प्रमुख अमृत भनिने नथमल अग्रवाल (नागराज) अन्तर्राष्ट्रिय अन्डरवल्ड डन दाउद इब्राहिमको नेपाल प्रतिनिधि भएको खुलेको छ। 

नागराजलाई गैरकानुनी बाजी सट्टेबाजको धन्धा चलाएको आरोपमा महानगरीअ अपराध महाशाखाले शनिबार राति पक्राउ गरेपछि उनि दाउदको प्रतिनिधि भएको प्रहरी अधिकारीको दाबी छ। अग्रवाल दाउदले सञ्चालन गर्ने अवैध धन्दा सट्टेबाजको नेपाल प्रतिनिध भएको प्रहरीले जनाएको खबर नागरिक दैनिकमा छ। 

विश्वकप फुटबल चलिरहेको बेला उनका नाममा दुई करोड ४० लाख रुपैया सट्टेबाजमा ठगी गरेको उजुरी परेको थियो। महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहका अनुसार नेपाली नागरिक अग्रवाल धेरैजसो भारतमा बस्तै आएका थिए। महाशाखाका डीएसपी रुगम कुँवरको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.