|

काठमाडौं : काठमाडौं उपत्यकाका २३ वटा प्रशोधित दूध डरीका ३३ ब्राण्डमा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नाम सूक्ष्म जीवाणु फेला परेको छ। जेठ २८ मा संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारण जीवाणु फेला परेको हो।

बबरमहलथित खाद्य तथा प्रविधि मातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रियस्तरको खाद्य सुरक्षा प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको कान्तिपुर दैनिकमा समाचार छ।

चिकित्सकका अनुसार कोलिफर्म रातो रगत भएका मानिस, चौपाया र चराचुरुंगीको दिसमा पाइन्छ। यो दर्जन बढी ब्याक्टेरियाहरुको समूह हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.