|
फाइल फोटो

चितवन : नारायणगढ­मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। 

आइतबार बिहान करिब २ बजे खसेको पहिरोका कारण यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा पहिरो खसेको हो। सोही सडकखण्डअन्तर्गत जलवीरे र कालिखोलामा समेत पहिरो खसेको प्रहरीले जानकारी दिएको छ। 

पहिरोका कारण चितवनबाट काठमाडौं र पोखरा जाने आउने सवारी सधानहरू बीच सडकमै रोकिएका छन्। पहिरो खस्ने क्रम चलिरहेकाले पन्छाउने काम सुरु हुन सकेको छैन। पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा रहेको प्रहरीले जनाएको छ। सडक चौडा पार्ने काम सकिएको भए पनि भित्तो काटिएको स्थानमा पहिरो खस्ने क्रम भने रोकिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.