|

टर्की भएको मध्यावधी निर्वाचनमा राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

अर्दोगानले ५३ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत मात्र प्राप्त गरेको टर्कीको निर्वाचन आयोगले जनाएको छ।

अर्दोगानले आफ्नो पार्टी एके पार्टीको शासकीय गठबन्धनले संसदमा समेत बहुमत सुरक्षित गरेको दाबी गरेका छन्। विपक्षीले भने उनको दाबी गलत भएको बताएको छ। टर्कीमा राष्ट्रपति र संसदीय निर्वाचन एकै साथ भएको थियो।

निर्वाचनमा विजयी भएपछि असफल सैनिक कू पछि संसद् समेतको शक्ति हत्याएर विपक्षी आवाजलाई निस्तेज बनाएको आरोप खेपिरहेका अर्दोगानको सत्ता थप पाँच वर्ष लम्बिने निश्चित भएको छ। सन् २०१६ को जुलाईमा गरिएको असफल सैन्य कू पछि टर्कीमा संकटकालीन अवस्था जारी रहेको छ।
सन् २०१९ मा निर्वाचन हुनुपर्ने भए पनि अर्दोगानले अगाडि नै गराएका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.