|
प्रतीकात्मक तस्विर

इनरुवा :  कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्। 

साथी साथीबीच भनाभनको विषयलाई लिएर आइतबार सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले निर्घात कुटपिट गरेको पीडितले बताएका हुन्। 

आफूलाई कोठामा थुनेर प्रधानाध्यापक ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाठी र रबरको पाइपले कुटपिट गरेको पीडित पाठकले बताए। 

पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि निलडाम रहेको पीडितका ठूलोबुबा श्यामानन्द पाठकले बताए। घाइते पाठकको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । 

अपांग बनाइदिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै प्रधानाध्यापक र शिक्षकले निर्घात अाफूलाई कुटपिट गरेको पाठकले बताए। प्रधानाध्यापक यादवले कुटपिट गरेको स्वीकार गर्दै अपांग बनाउने मनसाय नभएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.