|

विश्वकपमा सोमबार तेस्रो चरणका खेल सुरु हुँदैछ। तेस्रो चरणअन्तर्गतको पहिलो दिन चार खेल हुनेछन्। पहिलो खेलमा उरुग्वेले आयोजक रुसको सामना गर्नेछ। 

समूह एमा रहेका यी दुई टिम यस अघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। आयोजक रसियाले समूह चरणको पहिलो खेलमा साउदी अरबलाई ५–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले हराएको थियो। 

त्यस्तै समूह  उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गर्दा दोस्रो खेलमा साउदीलाई पनि १–० ले नै पराजित गरेको थियो। त्यस्तै आजै हुने अर्को खेलमा साउदी अरबले इजिप्टको सामना गर्नेछन्। यी दुई टिम समूह ए बाट बाहिरिएका छन्। दुवै टिमले आफ्ना दुवै खेल गुमाए। यो खेल प्रतिष्ठाका लागि मात्र हुने छ।

त्यस्तै समूह बी अन्तर्गतका खेलहरु पनि सोमबार नै हुनेछन्। सोमबार हुने खेलमा पोर्चुगलले मोरक्कोको सामना गर्दा स्पेनले इरानसँग खेल्ने छ। इरान १ खेलमा विजयी हुँदै तीन अंकका साथ समूह चरणको तेस्रो स्थानमा रहेको छ भने स्पेन पोर्चुगलको भने समान चार अंक रहेको छ। यी दुई टोलीले आफ्नो पहिलो भेटमा समान ३\३ गोलको बराबरी खेलेका थिए। मोरक्कोले भने दुवै खेल गुमाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.