|

समुह ‘बी’मा एक जीत र एक बराबरीपछि ४ अंक रहेको स्पेन समूह चरणको अन्तिम खेलमा अंकविहीन रहेको मोरक्कोविरुद्ध प्रतिस्पर्धा गर्दै छ। इरान र पोर्चुगलसँग पराजित रहेको मोरक्कोका लागि समूहकै बलियो प्रतिद्वन्द्वी स्पेनसँग राम्रो खेल्नुपर्ने चुनौती छ।

स्पेनका लागि नकआउट चरण प्रवेशका लागि बराबरी पर्याप्त हुनेछ। प्रतियोगितामा ४ अंक भएकाले स्पेनका लागि एक अंक नै अघिल्लो चरणका लागि पर्याप्त हुनेछ। २०१० को विश्व विजेता स्पेन पराजित भए तथा पोर्चुगललाई इरानले हराए मात्र गोल अन्तरको अवस्थामा निर्णय हुनेछ। स्पेनलाई हराउनु मोरक्कोका लागि सहज भने छैन। त्यसो त इरानलाई पनि पोर्चुगल सहज छैन। इरान र स्पेन दुवैका लागि बराबरी आवश्यक छ। त्यसैले स्पेनले अन्तिम खेलमा समूह विजेताका लागि नै प्रतिस्पर्धा गर्नेछ। ठूलै उथलपुथल भएमा मात्र स्पेन बाहिरिनेछ अन्यथा स्पेनको नकआउट चरण लगभग पक्का जस्तै छ।

मोरक्को र स्पेनले एकअर्काविरुद्ध प्रतिष्पर्धा नगरेको धेरै भइसकेको छ। सन् १९६२ मा विश्वकपका लागि भएको इन्टर कन्टिनेन्टल कपका दौरान भएका दुवै खेलमा स्पेन विजयी भएको थियो। पहिलो लेगमा १-० तथा दोस्रो लेगमा ३-२ को जीत निकाल्दै समग्रमा ४-२ को नतिजा निकालेयता यी दुई टिम एकअर्काविरुद्ध नयाँ प्रतिद्वन्द्वी हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.