पर्वत : बागलुङको बडीगाड गाउँपालिका ६ छिसफाँटमा सोमबार दिउँसो ट्रयाक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बडीगाड खोलाबाट एक सामुदायिक भवनको लागि गिट्टी बालुवा लिएर वडा नं ७ गैरागाउँ जाँदै गरेको लु ३ च ६७ ७५ को ट्याक्टरले मकै खेतमा काम गरिरहेका छिसफाँटकै अन्दाजी ५२ वर्षका मकरबहादुर केसीलाई ठक्कर दिँदा केसीको घटनास्थलमै मृत्यु भएको हो।
घटनापश्चात ट्रयाक्टर चालक करिब २२ वर्षको सुवास भनेर चिनिने मैते कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घट्नापछि आक्रोशित स्थानीयहरुले ट्रयाक्टरमा तोडफोड गरेका छन। मृतकको शवलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।