|

विराटनगर : ३८ सय किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्या हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित १३ जना अभियुक्तले जिल्ला अदालत मोरङको आदेश विरुद्ध  १७ नम्बरको उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरेका छन्।

उच्च अदालत विराटनगरमा दायर भएको निवेदनमा मोरङ अदालतले गरेको आदेशको चित्त नबुझेपछि सादा तारिकमा  छाड्न माग राख्दै उनीहरूले उच्च अदालतको १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन्। यसरी १७ नम्बरमा निवेदन दर्ता गर्नेमा पूर्वडिआइजी गोविन्द निरौला,  निलम्बन एसएसपी दिवश लोहनी, एसपी विकासराज खनाल, डियसपी सन्जयकुमार राउत रहेको छन्।

त्यस्तै हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्वीरप्रसाद तोलाङगेले १७ नम्बर गरेका छन्। यस्तै व्यापारी राजन थापा, एयरलाइन्सका कर्मचारी लालबहादुर मगर, व्यापारी बालकृष्ण श्रेष्ठ र गोरेका ड्राइभर टेकराज मल्ल ठकुरी छन्। ठकुरीले सोमबार मुद्दा दर्ता गराएका हुन्।

अदालतको आदेशविरुद्ध अभियुक्तले १७ नम्बरको लागि निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई बिहीबार कैफियत प्रतिवेदन पठाएको जनाएको छ। कैफियत प्रतिवदेनमा अभियुक्तले दिएको बयान, घटना मुजुल्का, अदालतको आदेश रहनेछ।

मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदनमा उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने छ। उच्च अदालतमा प्रत्येक हप्ताको बिहीबार मात्र पेशी हुने भएकोले १७ नम्बरमा निवेदन परेका अभियुक्तहरूको हकमा पनि आउँदो बिहीबार बहस हुने सक्ने कानुन व्यवसायीले बताएका छन्।

उच्च अदालतमा हुने बहसको लागि वादीकोतर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले बहस गर्ने बताइएको छ। वादी र प्रतिवादीको कानुन व्यवसायीहरूले बहस सुनेपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरि प्रमाणको मूल्यांकन गर्दा प्रतिवादी कसुरदार नदेखिएमा सादा तारिक वा धरौटीमा छाड्ने सक्ने अथवा जिल्ला अदालतले गरेको आदेलाई नै सदर गर्न सक्ने अधिवक्ता विकास थापाले जानकारी दिए।

मोरङ अदालतका न्यायधीश नारयणप्रसाद शर्माले गएको जेठ ८ गते  सुन तस्करी र हत्या प्रकरण मुद्दाका पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश दिएका थिए। पुर्पक्षको लागि झुम्का कारागारको थुनामा रहेका २८ अभियुक्तमध्ये १३ जनाले १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन्। उनीहरू विरुद्ध ‘संगठित अपराध’ अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ शीर्षकमा मुद्दा दर्ता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.