|

जनकपुरधाम : प्रदेश २ को सरकारले मधेस आन्दोलनका घाइतेहरूलाई आर्थिक सहयोग उपलक्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले मधेस आन्दोलनको क्रममा घाइते भएकाहरूलाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए। 

सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समिति समेत गठन गरेको छ। मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित उक्त समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ। त्यस्तै बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्राप्त कानुनी सहायता अधिकृतको नियुक्ति तथा सेवा सर्तसम्बन्धी निर्देशिका २०७५ लाई समेत स्वीकृति प्रदान गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.