|

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानविन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

मन्त्रालयको साेमबारको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहनुभएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट  गत शनिबार प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्व प्रकाशित परीक्षाफलमा केही परीक्षार्थीको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन भए पनि उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न र आगामी दिनमा त्यसप्रकारको समस्या नै आउन नदिन अवलम्बन गर्नुपर्ने उपाय सम्बन्धमा पाँच दिनभित्र सुझाव दिन सो समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.