|

कपिलवस्तु  : जग्गा बिबादले उग्र रुप लिदाँ कपिलवस्तुमा एक जनाले आफ्नै छोराको हत्या गरेका छन्। यशोधरा गाउपालिका  ३ हरदेबाका ७२ वर्षीय मोहन बरईले सोमबार आफ्नै छोरा ५० वर्षीय तीर्थ बरईलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।  

कोदालो प्रहारबाट छोरा तीर्थकाे घाँटी छिनाइएको र उनको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालयका इन्चार्ज सन्त प्रसाईले बताए। मृतकका बाबु मोहनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

जग्गा विषयमा बिबाद भएपछि छोराले अदालतमा बाबुबिरुद्ध मुद्दा दर्ता गरेका थिए। अदालतबाट मुद्दा जितेसँगै छोरा तीर्थले आफ्नो नाममा रहेको जग्गा अरुलाई दिने निर्णय गरेका थिए। छोराले दैनिक रुपमा मानसिक तनाव दिने र गाली गलौच गरेकाले आफ्नै छोराको हत्या गरेको प्रहरी सामु बाबु मोहनले बयान दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.