|

काठमाडौं : विश्वकप २०१८ का समूह 'ए' र समूह 'बी' का सबै खेल सकिएका छन्। यी दुई समूहबाट नकआउट चरणमा पुगेका चार टिमको टुंगो लागेको छ। जसमा समूह 'ए' बाट उरुग्वे र आयोजक रुस तथा समूह 'बी' बाट स्पेन र पोर्चुगल नकआउट चरणमा पुगेका छन्।

नकआउट चरणमा यी चार देश पुगेसँगै दुई नकआउट चरण समीकरण पूरा भएको छ। अब नकआउट चरणमा समूह 'ए' को विजेताले समूह 'बी' को उपविजेता र समूह 'ए' को उपविजेताले समूह 'बी' को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

नकआउट चरणमा असार १६ गते उरुग्वे र पोर्चुगल भिड्ने भएका छन् भने असार १७ गते स्पेन र आयोजक रुसबीचको खेल हुनेछ।

असार १६ गते हुने खेलको केन्द्रमा पोर्चुगलका कप्तान क्रष्टियानो रोनाल्डो र समूहका तीनवटै खेल जित्न सफल उरुग्वेका फरवार्ड लुइस सुवारेज हुनेछन्। त्यस्तै स्पेनको बलियो टिम र दर्शकको व्यापक समर्थन भएको टिम आयोजक रुसको भिडन्त पनि हेर्न लायक हुनेछ।

दुवै खेलका विजेता क्वाटर फाइनलमा प्रवेश गर्नेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.