|

लहान : सिरहाको दक्षिणी सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। 

माडरस्थित नेपाल प्रहरी र सशस्त्रको बोर्डर आउट पोस्टबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वाबाट जाँचको क्रममा सिरहाको मिर्चैया नगरपालिका–६ बस्ने वर्ष २४ का किसन भनिने कृष्णकुमार मग्रातीलाई पक्राउ गरेको हो। प्रहरीले भारततिरबाट मग्राती चढेर आएको स. ७ प ४६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा शरीर र हेलमेटको कभरभित्र लुकाएर राखिएको लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए। 

प्रहरी नायब उपरीक्षक भेटवालका अनुसार मग्रातीको शरीर र हेलमेटभित्र लुकाइएको प्रतिबन्धित औषधि लागूऔषध तीन सय ६० ट्याब्लेट नाइट्रोभेट, १६ ट्याब्लेट स्पास्मो प्रोक्सिवान, दुई थान डाईजेपाम्प, सिरिञ्ज दुई थान थान, स्पास्मो प्रोक्सिवान सिरिञ्ज दुई थान, फेनारगन दुई थान र फोटविन दुई थान समेत बरामद गरिएको छ। पक्राउ गरिएका मग्रातीलाई सोमबार सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

खानेतेलको टिनमा लागूऔषध 

जिल्ला प्रहरी कार्यालय सिरहाको नजिकै रहेको सदरमुकाम सिरहाको मुख्य मानिने हेमनारायण चोकमा बेवारिसे अवस्थामा रहेको खानेतेलको टिनमा ८१ बोतल प्रतिबन्धित लागूऔषध फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार अपराह्न चोकमा शङ्कास्पद वस्तु भेटिएको सूचना पाए लगत्तै खटिएको प्रहरी टोलीले प्लाष्टिकको बोराभित्र खाने तेलको टिनमा लुकाइएको प्रतिबन्धित लागूऔषध भेटिएको हो। प्रहरीले खानेतलको टिनमा ८१ बोतल प्रतिबन्धित औषधि लागूऔषध डाइलेक्स डिसी बरामद गरी थप अनुसन्धान भई रहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.