|

समुह बी बाट सोमबार राती भएका खेलमा स्पेन र पोर्चुगलले आ–आफ्नो खेलमा बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाए। दुवैका लागि संघर्षपुर्ण देखिएको खेलमा स्पेन मोरक्को सँग २–२ गोलको बराबरीमा रोकिंदा पोर्चुगल इरानसँग १–१ गोलबो बरारबी खेल्यो। दुवै टिम नकआउट पुगेपछि यस्ता बने रेकर्ड

पोर्चुगलले समुहचरणबाट नकआउटचरणमा स्थान बनाएको यो चौंथो पटक हो। यसअघि उसले १९६६,२००६ र २०१० मा नकआउटमा स्थान बनाएको थियो।

इरान भने आफ्ना सबै ५ विश्वकप सहभागितामा समुहचरणबाटै घर फर्किएको छ। इरानले यो प्रतियोगितामा गरेका दुवै गोल इन्जुरी समयमा भएका छन्।

इरान विश्वकपमा समुहचरणको पहिलो खेलमानै जित निकालेरपनि नकआउट चरण नपुग्ने दोस्रो एसियन देश बनेको छ। यसअघि दक्षिण कोरीया २००६ मा पहिलो खेलमा जित निकालेपनि नकआउटमा पुग्न असफल भएको थियो।

क्रिस्टियानो रोनाल्डोको महत्वपुर्ण प्रतियोगितामा पेनाल्टी सफलता ५० प्रतिशत मात्र रहेको छ। उनले प्रहार गरेका ४ मध्ये दुई पेनल्टी मात्र सफल्ता प्राप्त गरेका छन्। उनले इरान र स्पेन विरुद्ध विश्वकप २००६ र २०१८ मा पेनल्टी सदुपयोग गर्दा अस्ट्रियाविरुद्ध युरो २०१६ मा तथा इरान विरुद्ध २०१८ मा पेनल्टी मिस गरे।

स्पेनले युरो २०१६ यता कुनैपनि खेलमा पराजित हुनु परेको छैन्। स्पेनका सर्जिओ रामोसले १६ औं विश्वकप खेलमा प्रतिष्पर्धा गरे। उनी अघि जाभीले सर्वाधिक खेल खेलेका छन्।

स्पेनले समुहचरणको अन्तिम खेलमा १९८२ यता पहिलो पटक जित हातपार्नबाट चुक्यो । स्पेनले यसअघि खेलेका सबै ८ खेलमा जित निकालेको थियो।
स्पेनका लागि इस्कोले आफ्ना १५ अन्तराष्ट्रिय खेल मध्ये १२ गोलमा प्रत्यक्ष योगदान दिएको छ। १० गोल गर्दा दुई गोलका लागि असिस्ट गरेका छन्।
स्पेनले समुहचरणमा अपराजित रह्यो। जुन २००६ पछि पहिलो हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.