|
फाइल फोटो

बुटवल : प्रदेश ५ सरकारले बजेटमा विभेद गरेको आरोपसहित बिरोधमा रहेको प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमति नहुँदा प्रदेशसभा बैठक बस्दै नबसी स्थगित भएको छ। मंगलबार  १ बजेका लागि बोलाइएको बैठक दिउँसो चारबजे सूचना टाँसेर स्थगित भएको हो।

कांग्रेसले बजेटमा विना शीर्षकका पोका बनाइएको र समावेशी समेत नभएको भन्दै विरोध जनाउँदै आएको छ। असार ४ गते बैठक अवरुद्ध नै गरेको प्रतिपक्षीलाई मुख्यमन्त्री शंकर पोखरेलले रातो कितावमा धेरै कुरा समेटिने आश्वासन दिएका थिए।

सोमबार प्रस्तुत भएको बिनियोजन बिधेयकमा समेत कार्यक्रमहरू नसमेटिएपछि विपक्षीले बिरोध जनाएको हाे। कांग्रेस संसदीय दलले मंगलबारको बैठक अवरोध गर्ने जानकारी सभामुख पूर्णबहादुर घर्तीलाई गराएको थियो। 'हामीले सभामुखलाई जानकारी गराएका थियौं। उहाँले मुख्यमन्त्रीलाई जानकारी गराउनु भएछ,' कांग्रेस सचेतक निर्मला क्षेत्रीले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.