|

काठमाडौं : लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ। 

समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग को खेलमा अर्जेन्टिना २-१ ले विजयी भएसँगै नकआउट चरणमा प्रवेश गरेको हो। यता आइसल्यान्ड र क्रोएसियाबीचको खेलकव नतिजन पनि अर्जेन्टिनाको पक्षमा आएसँगै अर्जेन्टिनाको अर्को चरण प्रवेश भएको हो।

अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए भने त्यसलाई नाइजेरियाका लागि भिक्टर मोसेसले बराबरी गोल गरेका थिए।  नाइजेरियाले ५१ औँ मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई मोसेसले गोलमा परीणत गरेका थिए। अर्जेन्टिनाका लागि मार्कोस रोजोले ८६ औँ मिनेटमा विजयी गोल गरेका थिए।

यता, क्रोएसियाले खेल २-१ ले जित्दा नतिजा अर्जेन्टिनाको पक्षमा आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.