|

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले एउटा एम्बुलेन्स ल्याएर संचालन गरे पनि नगरमा ल्याउने भनेका अन्य दुई एम्बुलेन्स ल्याउनमा ढिलाइ भएको छ। नगरपालिकाले बिरामीलाई सहज तरिकाले अस्पतालसम्म पुर्‍याउनका लागि एम्बुलेन्स खरिद गर्ने प्रकिया सुरु गरेको थियो।

आर्थिक वर्ष २०७४/७५ को ६६ लाख बजेटबाट तीनवटा एम्बुलेन्स खरिद गर्ने भनिएको भएता पनि हाल ११ लाख रुपैयाँ खर्चिएर नगगरपालिकाले एउटावटा मात्रै एम्बुलेन्स नगरपालिकामा भित्र्याएको छ। नगर प्रमुख विशाल शर्माले एउटावटा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याइसकेको र बाँकी दुर्इ एम्बुलेन्स पनि खरिदको प्रक्रिया रहेको बताए।

‘हामीले नगरपालिकाको तर्फबाट हुने सबै काम गरेका छौँ, निरन्तर ताकेता पनि गरिरहेका छौँ। चारदेखि छ हप्ताभित्रमा एम्बुलेन्स आउछ’ उनले भने, ‘हामी आफैँले खरिद नियम बनाएर खरिद गर्न पाउने भए छिटो हुन्थ्यो, पुरानै प्रक्रिया पुर्‍याएर खरिद गर्नुपर्ने भएकोले ढिला भएको हो।’

तीनवटा एम्बुलेन्स नगरमा आएपछि नगरक्षेत्रका भ्याली, नार्जी र चौफा क्षेत्रमा संचालन गरिने नगरपालिकाले बताएको छ। नगरपालिकाका अनुसार सुरुमा ल्याइएको एम्बुलेन्सभन्दा आउने बाँकी दुर्इवटा एम्बुलेन्सको मूल्य पनि महंगो र सुविधायुक्त हुने छ। सुरुमा ल्याएको एम्बुलेन्सको मूल्य ११ लाख रुपैयाँ भएपनि ल्याउने तयारीमा रहेका दुर्इ एम्बुलेन्सको मूल्य २२/२२ लाख रुपैयाँ हुनेछ।

एउटा एम्बलेन्स संचालन हुँदा पनि त्यस क्षेत्रका वासिन्दा निकै खुसी भएका छन्। पहिलो डोको र स्टेचरमा टाढाटाढाबाट बिरामी बाकेर ल्याउन बाध्य भएका स्थानीयहरूलार्इ एम्बुलेन्स संचालनपछि बिरामीहरूलाई छिटोछरितो अस्पताल ल्याउन सहज भएको हो। हाल भ्याली क्षेत्रमा प्रभावकारी सेवा भए पनि अन्य दुई एम्बुलेन्स पनि आएपछि नगरका १४ वटै वडामा स्थानीयहरूलाई प्रभावकारी सेवा प्रदान हुने नगरपालिकाको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.