लमजुङ : विष सेवनबाट लमजुङ भोटेओडारमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब १९ वर्षीय हरि कुँवर रहेको प्रहरीले जनाएको छ। दोर्दी गाउँलिकापा–२ अर्चलबोट घर भएका कुँवर भोटेओडार बालुनेमा बस्दै आएका थिए।
बुधबार साँझ विष सेवन गरेका कुँवरको उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेंशीसहर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यलय भोटेओडारका प्रहरी निरीक्षक रमेश श्रेष्ठ जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सामुदायिक अस्पतालमा राखिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।