|

संखुवासभा :  जिल्ला प्रवेशद्वार मुख्य सडक लेगुवा र टुटेदेउराली सडक कच्ची भएकाले बर्खा याममा सास्ती भोग्नु परेको छ। सडकमा परेको खाल्डोमा सवारीसाधन फस्दा दुई घण्टाको दूरी पार गर्न छ घण्टा लाग्ने गरेको छ।

निमार्ण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरबाहीले समयमा मर्मतसम्भार नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्ने बाध्य छन्। हिलो सडकमा सवारी साधन गुड्न नसक्दा संखुवासभावासीले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत वर्षैपिच्छे सास्ती बेर्होनु परेको छ। कच्ची सडक हिउँदको समय जसोतसो चले पनि बर्खाको समयमा चल्न निकै समस्या छ। 

चुनावको बेला चुनावी नारा लिएर हिँडेका राजनैतिक दलहरु यात्रुले भोगेका सडक समस्याबारे मौन रहेकाे स्थानीयको गुनासो छ। किमाथांका–जोगवनी सडकलाई प्रमुख चुनावी एजेण्डा बनाएर संखुवासभाबाट प्रतिनिधिसभा सदस्य विजयी सा‌सद राजेन्द्र गौतम समेत बेखबर रहेको त्यस क्षेत्रका बासिन्दाहरुकाे भनाइ छ। 

पहाडी जिल्ला त्यससमा पनि कच्ची सडकले भएकाले यात्रुले मात्र होइन व्यापारीले समेत सास्ती भोग्नु परेको छ। हिउँदका समयमा धनकुटाको हिलेबाट सामान लोड गरेर दुई दिनमा सदरमुकाम खाँदबारी पुग्ने भए बर्खायाममा एक सातासम्म लाग्ने गरेको व्यापारी श्यामसुन्दर उदासले बताए। जिल्ला प्रवेश गर्ने मुख्य सडक त यस्तो हालत छ भने ग्रामीण क्षेत्रकोे अवस्था झन् नाजुक रहेको  उनको भनाइ छ।

सडकका सवारीसाधन चल्न गाह्रो भएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि हुनुका साथै अभावसमेत हुने गरेको छ। यो सडक राष्ट्रिय गौरवको आयोजना कोसी–ल्हासा राजमार्ग जोगबनी–किमाथांका सडकअन्तर्गत पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.