लहान : सप्तरीको विष्णुपुर गाउँपालिका ७ का एक युवक बुधबार साँझ पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय ३५ वर्षीय ललितकुमार यादव बाटो छेउमा खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। मृतक यादवको शव पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।