|

जाजरकोट : हरेक महिना तलव बुझ्दै आएका स्वास्थ्यर्मीहरू पाँच महिनादेखि तलव नपाउँदा आन्दोलित भएका छन्। भेरी नगरपालिकाले समयमै तलब नदिएको भन्दै स्वास्थ्यकर्मीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन्। 

बुधबारदेखि कालो पट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मीले बिहीबार मध्यान्ह १२ बजेसम्म आकस्मिकबाहेकका सवै सेवा बन्द गरेर विरोधमा उत्रिएका छन्। यसअघि हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन्।

भेरी नगरपालिलका मातहतका स्वास्थ्यचौकी र जाजरकोट अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब भत्ता वुझ्न नपाएकाे बताए। शुक्रबारसम्म तलब निकासा नगरिए सबै सेवा ठप्प पारिने जाजरकोट अस्पतालका प्रमुख डा.राजेन्द्र लामाले बताए।

जाजरकोट अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन नसकेका हुन्। गत फागुनदेखि तलब खान नपाउँदा घरखर्च चलाउन मस्किल भएको कर्मचारीको गुनासो छ। 

भेरी नगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकासा नभएकोले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको बताए। उनले भने, ‘यस अघि निकासा भएको तलब सकिएको छ। फेरि निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्वास्थ्य सेवा विभागमा माग गरे पनि हालसम्म निकासा भएको छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.