|

भक्तपुर : असार १५, दही चिउरा खाने दिन। भक्तपुरको दही जुजु-धौं (राजा दही)को रूपमा प्रसिद्ध छ। यहाँको दही नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ।

जुजु-धौं बनाउने तरिका अन्य दहीको भन्दा खासै फरक त छैन। तर यसको गुणस्तर र स्वादका कारण सबैको प्रिय बनेको छ। जुजु-धौंको प्रमुख विशेषता कलेजो जस्तै चक्कुले टुक्रा-टुक्रा पारेर काट्न मिल्ने हो। माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिनु यसको अर्को विशेषता हो।

दहीका लागि प्रसिद्ध भक्तपुरका दही व्यवसायीलाई दही जमाउनका लागि अहिले भ्याइनभ्याई छ। असार १५ को अवसरमा अन्य दिनभन्दा दशौं गुणा बढी माग आउने भएकाले दही व्यवसायीहरू दुई दिन अघिदेखि तयारीमा व्यस्त छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.