|

धादिङ : पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथासंग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक गरिएको छ। धादिङवेसीमा भएको एक कार्यक्रममा दुवाडीको कथासंग्रहको विमोचन गरिएको हो।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले उक्त कथासंग्रहको संयुक्त रूपमा विमोचन गरेका थिए। नौवटा कथा समावेश बालकथासंग्रह ‘जुँगे झाँक्रीको भूत’का विषयमा धादिङका साहित्यकार बद्रीप्रसाद दाहालले टिप्पणी गरे। उक्त कथासंग्रहमा समावेश कथाबाट सामाजिक सन्देशका साथसाथै भरपूर मनोरंजन पनि पाउन सकिने दाहालले बताए। उनले साहित्यको क्षेत्रमा अग्रसर दुवाडीका कथाहरू रोचक तथा मननयोग्य रहेको बताउँदै सबै उमेर समूहका लागि पठनीय सामग्रीले भरिपूर्ण रहेको उल्लेख गरे। छोटो समयमा प्रकाशित कृतिका बारेमा टिप्पणी गर्नु ज्यादै जटिल काम भएको भन्दै साहित्यकार दाहालले कथा सरल र छोटा, मीठा रहेको पनि बताए।

कथाकार केशव दुवाडीले बालअधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा बाल साहित्यप्रति पनि रुचि बढ्दै गएको र सोही क्रममा लेखिएका कथाहरू त्यतिबेला विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित भएका र तिनै फुटकर कथाहरूलाई संगृहीत गरी पुस्तक तयार भएको बताए।

४० पृष्ठको कथासंग्रहमा नौवटा कथा समावेश गरिएको छ। आवाज अभियान नेपाल नीलकण्ठ नगरपालिका धादिङले प्रकाशन गरेको उक्त कथासंग्रहको भूमिका नेपाल बाल साहित्य समाजका उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले लेखेका छन् भने कथामा देवेन्द्र थुम्केलीले चित्रांकन गरेका छन्।
पुस्तकको भूल्य १०० रुपैँया छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.