|

रुकुम : रुकुम पश्चिमका छ स्थानीय तहमध्ये दुईले बजेट तथा नीति कार्यक्रम ल्याएका छन्। मुसिकोट नगरपालिकाले ६५ करोड ६४ लाख र चौरजहारीले ३६ करोड पाँच लाख रुपैयाँको बजेट ल्याएका छन्।

मुसिकोटको पुँजीगततर्फ ३६ करोड ५७ लाख ९२ हजार, चालुतर्फ २९ करोड छ लाख ९६ हजार र वित्तीय व्यवस्थापनमा २० लाख रुपैयाँ विनियोजन गरिएको छन्। नगरपालिकाको आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट दुर्इ करोड २५ लाख रुपैयाँ उठाउने लक्ष्य तोकेको छ।

चौरजहारी नगरपालिकाले ३६ करोड पाँच लाख रुपैयाँको बजेट ल्याएको छ। पुँजीगततर्फ सात करोड ९७ लाख नौ हजार र चालुतर्फ पाँच करोड ५५ लाख बजेट ल्याइएको हो। अन्य बजेट विभिन्न योजनामा विनियोजन गरिएको नगर प्रमुख विशाल शर्माले बताए।

आठबिसकोट नगरपालिका, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि केही दिनमै बजेट ल्याउने तयारी गरेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.