|

काठमाडौं : रुसमा जारी विश्वकप फुटबल २०१८ का समूह चरणका सबै खेल सकिएका छन्। ३२ देश छनोट भएर रुस पुगेका थिए जसलाई फिफाले ८ समूहमा विभाजन गरेको थियो। प्रत्येक समूहबाट दुई-दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन्। 

यसपालीको विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी भने अर्को चरणका लागि छनोट हुन सकेन। ग्रुप एफमा रहेको जर्मनी समूह चरणमा सबैभन्दा पुछारमा रहँदै घर फर्कन बाध्य भयो। उसलाई अन्तिम खेलमा दक्षिण कोरियाले पराजित गरेको थियो। यसरी डिफेन्डिङ च्पाम्पियन समूह चरणबाटै बाहिरिनुले धेरैले चासोका साथ जर्मनीतिर आँखा लगाए। 

यसपालिको आइसल्यान्ड जस्ता नवप्रवेशी देशहरूले विश्वकपमा  धेरै राम्रो प्रदर्शन गरेका थिए।

हेर्नुहोस्, कुन समूहबाट क कसले नकआउट चरणमा प्रवेश गरे:

ग्रुप ए

क. उरुग्वे

ख. रसिया

ग्रुप बी

क स्पेन

ख पोर्चुगल

ग्रुप सी

क फ्रान्स

ख डेनमार्क

ग्रुप डी

क. क्रोएसिया

ख. अर्जेन्टिना

ग्रुप ई

क. ब्राजिल

ख. स्वीजरल्यान्ड

ग्रुप एफ

क. स्वीडेन

ख. मेक्सिको

ग्रुप जी

क. बेल्जियम

ख. इंग्ल्यान्ड

ग्रुप एच

क. कोलम्बिया

ख. जापान

सम्बन्धित समाचारहरू:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.