बारा : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा मोटरसाईकल एकआपसमा जुध्दा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
निजगढ–८ स्थित गणेशचलचित्र हल अगाडी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा७०प ४२४३ नम्बरको पल्सर मोटरसाईकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३० प १७५५ नम्बरको अल्बा मोटरसाईकल शुक्रबार मध्याह्न्न एक आपसमा ठोकिँदा दुर्घटना भएको हो।
दुर्घटनामा पल्सर मोटरसाईकलका चालक निजगढ ८ का १७ वर्षिय सलुन पटेल, अल्बा मोटरसाईकलका चालक जितपुरसिमरा–१६ टांगियाबस्तीका २४ मुना बहादुर आले मगर र मोटरसाईमा सावार १४ वर्षिय फुल्साङ्ग लामा घाईते भएका छन्।
घाइतेमध्ये लामाको अवस्था गम्भिर छ। अचेत अवस्थाका लामा र घाईते मगरको मोहम्दी मेडिकलमा प्राथमिक उपचारपछि हेटौंडा रिफर गरिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। पटेको निजगढको मोहम्दी मेडिकलमा उपचार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।