|

वीरगन्ज : सुनकाण्डको चर्चा मुलुकभरी चलिरहेको समयमा पर्सामा अवैध सुनसहित एकजना पक्राउ परेका छन्। नेपालबाट भारततर्फ गइरहेको समयमा शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका- १६ स्थित शंकराचार्य गेट नजिकैबाट सुनसहित सर्लाही हरपुर नगरपालिका-९ स्थायी घर भएका वर्ष ३८ का संतोष कुमार साह पक्राउ परेका हुन्।

ना. ४८ प ३७७४ नम्बरको मोटरसाइकलबाट वीरगन्ज भंसार पार गरी शंकराचार्य गेटनजिकै पुगेको अवस्थामा अभियुक्त साहलाई प्रहरीले सुनसहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। 'प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा अभियुक्तले एक किलो सुनलाई ६ टुक्रा गरी मोटर साइकलको सिटमुनि रहेको एयर फिल्टरभित्र लुकाइ छिपाई राखेर सीमा कटाउन लागेको अवस्थामा प्रहरीले फेला पारेको हो', उनले भने।

मुलुकभर सुनकाण्डको विषयमा लहरो तान्दा पहरो हल्ली रहे पनि पर्सामा भने आर्थिक वर्ष ०७०⁄०७१ यता प्रहरीले सुनसहित कारोवारी वा भरियालाई पक्राउ गर्न सकेको थिएन। पर्सा प्रहरीले आर्थिक वर्ष ०७०⁄०७१ मा भने ६ किलो १३३ ग्राम, ६२० मिलि ग्राम सुन समाएको थियो। त्यसयता शुक्रबार भरियासहित सुन समाएको यो पहिलो हो।

सीमा कटाई दिए पाँच हजार दिन्छु भनी भारतको एक व्यापारीले आश्वासन दिएपछि आफूले यो सुन लिएर जाँदै गर्दा प्रहरीको फन्दामा परेको अभियुक्त साहले दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.