|

रुकुम : बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला अस्पताल रुकुम पश्चिम सल्लेमा कार्यरत अहेव चन्द्रकुमार मल्ल पक्राउ परेका छन्। आठबिसकोट नगरपालिका १४ घेत्मा घर भई विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करारमा कार्यरत अहेव मल्ललाई मुसीकोट नगरपालिकाकी १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

अस्पतालमा उपचाररत उक्त बालिकालाई मल्लले बुधबार राति करिब ११ बजेतिर जवरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ। शौचालय जाँदै गरेकी बालिकालाई नजिकै रहेको प्रतिक्षालयमा बोलाएर मल्लले जवरजस्ती करणीको प्रयास गरेको बालिकाका तर्फबाट जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार अभियुक्त मल्लमाथि जवरजस्ती करणी उद्योगमा मुद्दासमेत दर्ता भएर थप अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.