|

जनकपुरधाम : मधेस आन्दोलनका शहीद परिवारलाई प्रदेश सरकारले रोजगारी दिने निर्णय गरेको छ । शुक्रबार साँझ प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्री परिषदको बैठकबाट सरकारले पहिलो, दोस्राे र तेस्राे मधेस आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको हो।

मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनमा शहादत दिएका व्यक्तिको परिवारलाई आर्थिक, समाजिक तथा शैक्षिक तथ्यांक तथा विवरण संकलन गरी क्रमशः रोजगारी दिने निर्णय गरेको हो।

शहीद परिवारको तथ्यांक संकलन भएपछि उनीहरूको योग्यता र क्षमताको आधारमा रोजगारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले जानकारी दिए। यसअघि नै प्रदेश सरकारले मधेस आन्दोलनमा घाइते भएकाहरूलाई प्रकृति हेरी तीन लाखसम्म सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.