|

सिन्धुली : मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलौयाका अनुसार प्रदेश-३ को सबैभन्दा बढी सडक दुर्घटनामा सिन्धुली चौथो जिल्लामा रहेको छ। शुक्रबार सिन्धुलीमाढीमा आयोजित सडक सभ्यता तथा सडक दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रममा कार्यालयले प्रदेश-३ का जिल्लाहरूको सडक दुर्घटनाका तथ्यांक हेर्दा सिन्धुली चौथो जिल्लामा परेको  हो।

प्रदेश-३ मा सबै भन्दाबढी सडक दुर्घटना हुने जिल्लामा चितवन जिल्ला पहिलो, धादिङ जिल्ला दोस्रो, मकवानपुर जिल्ला तेस्रो र सिन्धुली जिल्ला चौथो जिल्लामा रहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलौयाका प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। आर्थिक वर्ष २०७४/०७५ मा चितवन जिल्लामा २४८, धादिङमा १४२, मकवानपुरमा ६३ र सिन्धुलीमा ६१ वटा सडक दुर्घटना भएको उनले बताए। 

प्रदेश-३ प्रहरी कार्यालय हेटौँडाको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथी कायममुकामय प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सवारी साधनका धनी, सवारी चालक र यात्रुहरूले पालना गर्नुपर्ने नियमहरू सही रूपमा पालना गरेमा सडक दुर्घटना न्यूनीकरण हुनुका साथै अकालमै हुने मत्यु , घाइते र धनजनको पनि क्षति कम हुने बताए। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले सडक दुर्घटना कम गर्न बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका-७ खुर्कोटमा रिफ्रेस सेन्टरको निर्माण भइरहेको जानकारी दिए। कमलामाई नगरपालिकामा पनि एउटा रिफ्रेस सेन्टर राख्नका लागि नगर प्रमुख खड्ग बहादुर खत्रीसँग पनि छलफल भइरहेको उनले बताए।

रिफ्रेस सेन्टरमा १५/२० मिनेट यात्रु तथा चालकले विश्राम लिएर फ्रेस भएर मात्रै यात्रा गर्दा सवारी दुर्घटना कम हुन्छ भन्ने आधारमा रिफ्रेस सेन्टर निर्माण गर्न लागिएको उनले जानकारी दिए। सडकमा गुड्ने सबै सवारी साधनले रिफ्रेस सेन्टरमा पुगेर मात्रै बाँकी यात्रा गर्नुपर्ने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.