|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा देउडा लयमा गीत गाँउदै र रोप्दै १५औँ  धान दिवस मनाएको छ। डडेल्धुराको अमरगढी नगरपालिका-१ को कुणमा किसानको खेतमा गएर अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो।

स्थानीय सरकार जनताको घरदैलोमै रहेको अनुभूति गराउनका लागि किसानको खेतमै गएर धान दिवस मनाएको अमरगढी नगरपालिकाले जनाएको छ। धान रोप्ने बेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै/रमाउँदै डडेल्धुरामा धान दिवस मनाइएको हो।

जिल्लामा सिँचाइ सुविधा उपलब्ध ६ हजार २२१ हेक्टर क्षेत्रफल खेतमा रोपाइँ हुन्छ। डडेल्धुरामा वार्षिक १९ हजार मेट्रिक टन धान उत्पादन हुने अमरगढी कृषि शाखाका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले जानकारी दिए। हालसम्म जिल्लामा ५० प्रतिशत रोपाइँ सकिएको उनको भनाइ छ। जिल्लाको माथिल्लो भेगमा लगभग रोपाइँ अन्तिम चरणमा पुगेको र भित्री मधेस क्षेत्रमा रोपाइँ भइरहेको उनले बताए।

धान दिवसमा जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट, अमरगढी नगरका प्रमुख विशेश्वरप्रसाद ओझा, उपप्रमुख संगिता भण्डारी, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित कृषि एलायन्सका संस्थाहरूलगायतका विभिन्न विद्यालयका विद्यार्थी एवं स्थानीय किसानहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.