|

रौतहट : हास्यकलाकार तथा समाजसेवी कुन्जना घिमिरे (सुन्तली)ले आफ्नो जन्मदिन रौतहटको सन्तपुर एकीकृत नमुना बस्तीमा मनाएकी छन्। धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्मित चन्द्रपुर नगरपालिका-८ स्थित रहेको नमुना बस्तीमा सुन्तलीले बालबालिकासँग खुसी साटेर आफ्नो जन्मदिन मनाएकी हुन्।

सो बस्तीमा बसोवास गर्ने करिब ९२ जना बालबालिकासँग खुसी साटासाट गरेर उनले जन्मदिन मनाइन्। मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित उनको जन्मदिनलाई विशेष बनाए। उनीहरूले गरेको सम्मानले उनीलाई भावुक बनिन्।

मुसहर बस्तीका बालबालिकामा आएको परिवर्तन देखेर आफू भावुक बनेको उनको भनाइ छ। 'जुन परिवर्तनको अपेक्षा गरेका थियौँ, त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिरहेको छैन', सुन्तलीले भनिन्।

मुसहर बालबालिकाहरूसँग रमाइरहेकी सुन्तलीले आफनो जन्मदिनको अवसरमा आफ्नो छोरीलार्इ सम्झेर भावुक बनिन्। घरमा छोरीसँगै बसेर केक काटने छोरीको रहर यसपाली यहीका बालबालिकासँग बसेर मनाएको सुन्तलीले बताइन्। उनीले आफ्नो बुबा आमालार्इ नै जन्मदिनको अवसरमा खुबै सम्झेको बताइन्।  सुन्तलीले भनिन्, ‘यी बालबालिकाहरू पनि मेरा नै छोराछोरी सरह भएको हुँदा यसमा नै खुसी भएको छु।’

सुन्तलीले सो नमुनाबस्तीमा बसोवास गर्ने मुसहर समुदायका बालबालिकालार्इ कापीकलम तथा स्टेसनरीका सामान वितरण गरेकी थिइन्। विपन्नता, बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सिएको मुसहर समुदायमा धुर्मुस सुन्तलीले उक्त नमुनाबस्ती बनाइदिएपछि उनीहरूको  निकै परिवर्तन भएको थियो। उनीहरूकै कारण बस्तीका १२५ भन्दा बढी बालबालिका नियमित विद्यालय जान सुरु गरेका थिए।

धुर्मुस-सुन्तली फाण्डेसनका अध्यक्ष तथा हास्यकलाकार सीताराम कट्टेलको जन्मदिन असोज ४ गते पारेर शिलान्यास गरेको सो बस्ती गत माघ २१ गते समुदायलाई हस्तान्तरण गरिएको थियो। सुविधा सम्पन्न ४७ वटा घरसहित विभिन्न संरचनामा निर्मित सो बस्तीमा बसोवास गर्ने समुदायमा अहिले आमूल परिर्वतन आएको छ। यी नागरिकको खुसी नै मेरो खुसी भएको कलाकार तथा फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए।

जन्मदिन मनाउन धुर्मुसलाई लिएर सन्तपुर आएकी सुन्तलीसँगै कुमार कट्टेललगायतका हास्यकलाकारहरू पनि आएका थिए। यसअघि उनीहरूले आफ्नो विवाह उत्सव र होली पर्व पनि यही बस्तीमा मनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.