|

धनकुटा : सरकारी छाप किर्ते गरी रकम हिनामिना गरी फरार रहेका जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ पक्राउ परेका छ्न्। सरकारी छाप किर्ते गरी फरार भएका श्रेष्ठलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो।

सरकारी छाप किर्ते गरी केही रकम हिनामिना गरी फरार श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले खोजीका लागि पत्र पठाएको र सोही पत्रबमोजिम पक्राउ गरिएको धनकुटा प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत धनकुटामा बुझाइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.