|

कञ्चनपुर  ः डोटेली भाषाको बृहद शब्दकोष निर्माणका लागि शब्दसंकलन गर्न महाकाली साहित्य संगमको टोली परिचालन भएको छ। 

संगमले प्रदेश  ७ मा बोलिने मातृभाषा डोटेलीको बृहतशब्द कोष निर्माणका लागि शब्दसंकलन र अनुसन्धान गर्नका लागि नौ वटै जिल्लामा टोली परिचालन भएको हो। संगमको डोटेली भाषा केन्द्रका निर्देशक बंशिधर जोशीको नेतृत्वमा पाँच जनाको टोली परिचालन भएको संगमका अध्यक्ष हरिप्रसाद जोशीले बताए।

परिचालित टोलीले बुढापाका, सगुनारी, फगारी, हुडके, देउडीया, भणा गायक, आचरी, चाँचरी गायक, पन्डा, पुजारी, धामी, बगौली छलियालगायतबाट शब्दसंकलन गरी ध्वनि रिकर्डिङ गर्नका लागि टोली दुर्गमका बस्तीहरुमा परिचालित भएको उनले बताए।

टोलीले भाषाको शब्दसँगै परम्परागत संस्कृति, कला र साहित्यका बारेमा समेत गहन अध्ययन गर्ने छ।  डोटेली भाषा विभागका निर्देशक जोशीसहित संगमका महासचिव भवानी चन्द उप निर्देशक अर्जुनसिंह नेगी, गम्भिर चन्द र भुवनेश्वरी वडुलगायत टोलीमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.