|

सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सल्यान शारदा नगरपालिका-६ मदमकाँडामा भएको जीप दुर्घटनामा परी चालकको मृत्यु भएको हो। 

शुक्रबार बिहान सल्यान श्रीनगरबाट मदमकाँडाका लागि छुटेको लु १ ज २९३४ नम्बर जिप दुर्घटना हुँदा गाडी धनी तथा चालक सल्यान शारदा नगरपनपालिका-१ श्रीनगर निवासी ३२ वर्षीय घनश्याम थापाको ज्यान गएको सल्यान रुकुम यातायाता व्यवसायी समितिले जानकारी दिएको छ। 

जीप सहचालक शारदा नगरपालिका-१ का याम बहादुर भण्डारी सामान्य घाइते भएका छन्। टर्निङमा कटिङ नपुगेपछि व्याक गर्ने क्रममा व्रेक फेल भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय शितलपाटीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.