|

विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा हालसम्म आठ देशले मात्र विश्वकको उपाधि हात पारेका छन्। सन् २०१८ को विश्वकपमा भने अप्रत्यासित नतिजा आउने क्रम जारी नै छ। चार पटकको विश्वविजेता इटाली समूह चरणमा समेत परेन।

विश्वकपको इतिहासमा ६० वर्षसम्म विश्वकप खेलेको इटालीले सन् १९५८ र सन् २०१८ छनोट चरणमा नै परेन। छनोट चरणको अन्तिम खेलमा स्वीडेनले १–० गोल अन्तरले पराजित गर्दै छनोट चरणबाट नै घर पठाएको थियो। इटालीले पछिल्लो पटक सन् २००६ मा फ्रान्सलाई हराउँदै टाइटल जितेको थियो। त्यसअघि उसले सन् १९३४, १९३८ र १९८२ मा टाइटल हात पारेको थियो। 

त्यस्तै, जर्मनी समूह चरणबाटै बाहिरियो। उसले अघिल्लो विश्वकपको टाइटल आफ्नो पोल्टामा पारेको थियो। समूह चरणमा मेक्सिको र कोरियासँग पराजित हुँदै विश्वकपको आफ्नो दौडमा पूर्णविराम लगायो। जर्मनीले  सन् २०१४ मा अर्जेन्टिनालाई १–० गोल अन्तरले हराउँदै उपाधि चुमेको थियो। त्यसअघि उसले सन् १९५४, १९७४ र १९९० मा जितेको थियो। 

दुई पटकको विश्वकप विजेता अर्जेन्टिना पनि यस वर्षको विश्वकप उपाधि दौडलाई पूर्णविराम लगाउँदै घर फर्किएको छ। बल्लतल्ल नकआउट चरणमा प्रवेश गरेको उसलाई एक पटकको विश्व विजेता फ्रान्सले ४–३ गोल अन्तरले हराँउदै घर फर्काएको हो। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा टाइटल आफ्नो हात पारेको थियो। 

सन् २०१० को विश्व विजेता स्पेन पनि विश्वपकको दौडलाई बिराम लगाउँदै घर फर्किएको छ। उसलाई आयोजक रुसले अन्तिम १६ बाटै घर फर्कायो। समूह चरणमा निकै लयमा देखिएको समूह बीको विजेता स्पेनले पहिलो खेलमा पोर्चुगलसँग ३–३ को बराबरी खेलेको थियो भने इरानलाई १–० गोल अन्तरले हराएको थियो। त्यस्तै, समूह चरणको अन्तिम खेलमा उसले मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको थियो। नकआउट चरणमा भने स्पेन आयोजक रसियासँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पारजित हुन पुग्यो। 

दुई पटकको विश्व विजेता उरुग्वे भने विश्वकपको उपाधि ह्याट्रिक गर्ने दाउमा छ। जारी विश्वकपमा अत्यन्तै राम्रो प्रदर्शन गरेको उरुग्वेले समूह चरणमा एक गोल पनि नखाई अन्तिम १६ मा प्रवेश गरेको हो। समूह चरणमा उसले आयोजक रसियालाई ३–० गोल अन्तरले हरायो। साउदी अरबिया र इटालीलाई समान १–० गोल अन्तरले पराजित गरेको उरुग्वेले अन्तिम १६ मा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ। सेमिफाइनलका लागि अब दुई विश्वविजेता फ्रान्स र उरुग्वे जुन ६ मा आमनेसामने हुने छन्।  

सन् १९९८ को विश्व विजेता फ्रान्सको पनि उपाधि दौड कायमै छ। अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराउँदै फ्रान्सले उरुग्वेसँगको भेट पक्का गरेको हो। विश्वकपको उपाधि डबल ह्याट्रिक गर्ने दौडमा रहेको ब्राजिलको भने सोमबार परीक्षा हुँदैछ। उसले सोमबार साँझ सवा ८ बजे मेक्सिकोसँग खेल्ने छ। समूह इ मा रहेको ब्राजिलले पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एकको बराबरी खेल्दा कोष्टारिकालाई र सर्बियालाई समान २–० गोल अन्तरले पराजित गरेको थियो। 

एक पटकको विश्व विजेता इंग्लाण्ड पनि अन्तिम १६ मा रहेको छ। उसले अन्तिम आठ प्रवेशका लागि मंगलबार कोलम्बियासँग खेल्ने छ। समूह चरणमा उसले ट्युनिसियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने विश्वकपमा पहिलो पटक डेब्यु गरेको पानामामाथि ६–१ को शानदार जित हाँसिल गरेको थियो। समूह चरणको अन्तिम खेलमा भने इंग्ल्याण्ड बेल्जियमसँग १–० ले पराजित हुन पुग्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.