|
तस्विर : सन्तोस शर्मा

दाङ : रोल्पामा अविरल वर्षाका कारण घर भत्किँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ दिनकी सुत्केरी आमा छोरी र  अर्की एकजना किशोरीको परेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमवार विहान पौने ११ बजेतिर घर भत्किदा २२ वर्षीया आमा कमला विक, उनकी १८ दिनकी छोरी आयूसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो।

आयुसा र चित्राको घटनास्थलमै मृत्यु भएको र १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख फुँयालले जानकारी दिए। सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर बसेको समयमा ढुङ्गाको गारोयुक्त घर भत्कँदा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ। १५ वर्षीया छिमेकी किशोरी भने सुत्केरीलाई सघाउन भनी त्यहाँ गएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.