|

कास्की : बिहानैदेखि परेको वर्षाका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन्।

पोखरा विमानस्थलबाट काठमाडौं, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए।

आइतबार पोखराबाट काठमाडौंका लागि छवटा मात्र उडान भएको थियो। दैनिक पोखराबाट जोमसोमका लागि सातदेखि आठवटा, काठमाडौंका लागि २२ वटा र भरतपुर र भैरहवाका लागि एक-एकवटा उडान हुने गरेको छ। उडान अवरुद्ध हुँदा पोखरामा दैनिक आठ सयदेखि एक हजारसम्म यात्रु समस्यामा पर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.