|

बारा : दुई दिनदेखिकाे अविरल वर्षाले बाराको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। पूर्व-पश्चिम राजमार्गको बाराको जीतपुरसिमरा उपमहानगरपालिका- १ स्थित दुधौरा खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ। पुलमुनिबाट पूर्वतर्फ जान लागेको ट्रक बाढीमा परेको हो।

निरन्तर वर्षाले मुख्य शहर क्षेत्र र गाउँमा पानी जमेर आवतजावतमा समस्या भएको छ। पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेनन्। पैदलयात्रीलाई अप्ठेरो भएको छ। सडकमा यातायात कम चलेका छन्।

सडक जलमग्न 

विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको छ। वर्षाका कारण कलैया, निजगढ, कोहल्वी, जीतपुरसिमरा उपमहानगरपालिकाभित्रको मुख्य चोक, बजार क्षेत्र पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ। नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा सवारी साधन आगमनमा समस्या भइरहेको स्थानीयको भनाइ छ।

नदीमा वहाव बढ्यो

वर्षाले दुधौरा, बकैया, पसाहा, बालगंगा खोलामा पानीको वहाव बढेको छ। वहाव बढेपछि नदी तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन्। वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन्। उता, वर्षाको पानीको आशमा धान रोप्न कुरेका किसान पानी परेपछि रोपाइँमा व्यस्त भएका छन्। एकै पटक धेरै ठाउँमा रोपाइँ सुरु भएपछि रोपाहारको अभाव भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.