|

सुनसरी : सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भएको पिकअप भ्यान दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ। 

मृत्यु हुनेमा भारत बिहार राज्यको सुपौल जिल्ला, लक्ष्मनिया गाउँका ६० वर्षीया ललितादेवी राम, ३६ वर्षीय सुरेन्द्र राम, ३० वर्षीय धीरेन्द्रकुमार, सात वर्षीया गुनु कुमार, ४१ वर्षीय सञ्जिव कुमार र ४० वर्षीया एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। मृतकमध्ये तीन जनाको शव जिल्ला अस्पताल इनरुवा र बाँकी तीन जनाको शव विराटनगरस्थित सञ्जिवनी अस्पतालमा राखिएको छ।

दुर्घटनामा भारत सुपौलका १० वर्षीय अदित कुमार, ३५ वर्षीय ललन कुमार र ३० वर्षीया कञ्चन कुमारी घाइते भएका छन्। कञ्चनकुमारीको अवस्था चिन्ताजनक रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। घाइतेहरुको सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। चालक भारत बिहार बरमपुरका २६ वर्षीय सुशील कामतलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ। 

कोशी कटान क्षेत्रमा भारतीय भ्यान दुर्घटना, ६ जनाको मृत्यु, चार घाइते

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.