|

गोरखा : केही दिन यता लगातारपरेको झरीले गोरखाको आरुघाट गाउँपालिका १ स्थित मान्बुको स्याम्चेतमा पहिरो गएको छ।

भूकम्पका बेला गएको स्याम्चेत गाउँमाथिबाट झरेको पहिरो बर्खायाममा पनि झर्न थालेपछि सात घर विस्थापित भएका छन्। पहिराले एकसय ५० घर जोखिममा रहेको स्थानीय कर्मा लामाले टेलिफोनमा जानकारी दिए।  गत वर्षको बर्खायाममा पनि सोही पहिरोले सास्ती व्यहोरेका स्थानीय यसवर्ष पनि विस्तापित भएको गाउँपालिका प्रमुख पुर्णबहादुर दाहालले जानकारी दिए। पहिरो आएर विस्थापित भएका सात परिवार गाउँ पारीको चौरमा त्रिपालको टहरा बनाएर बसेको कर्माले जानकारी दिए।  

‘सात परिवार त विस्थापित नै भइसके’ कर्माले भने ‘एकसय ५० घर जोखिममा छन्। गाउँमाथिबाट पहिरो बग्न थालेको छ। गत वर्ष पनि कति रात अनिदो कटाइयो। यस वर्ष पनि यस्तै हालत बनायो।’ सागर लामा, सर्की लामा, फूलबहादुर लामा, भक्तबहादुर लामा, केशबहादुर लामा, नरबहादुर लामा, लानम लामाका परिवार विस्थापित भएको उनले जानकारी दिए। पहिरोबाट बच्न गाउँलेले पहिरोमाथिबाट भल काट्ने कुलो बनाएपनि पहिरो नरोकिएको हो। ‘केही विरुवा पनि रोपेका थियौँ’ कर्माले भने ‘गाउँमा सिधै पहिरो नखसोस भनेर पहिरोमा झर्ने पानी बन्द गर्न पहिरो माथी कुलो पनि खन्यौँ केही उपाए लागेन।’ 

गाउँपालिकाले पहिरो नियन्त्रणका लागि एकसय ५० थान तारजाली किन्ने बजेट दिने तयारी गरेको गाउँपालिका प्रमुख पूर्ण दाहालले जानकारी दिए। मौसम पुर्वानुमान महाशाखाले गोरखामा पानी धेरै पर्ने भएकोले सतर्क रहन आग्रह गरको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्ला दैवीप्रकोप उद्धार समिति अलर्टमा रहेको जनाए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.