|

मंगलबार बसेको प्रदेश-४ को सांसद बैठकमा पनि प्रदेशको नाम राख्ने विषयमा सहमती जुट्न नसकेपछि बैठक स्थगित भएको छ। प्रदेशको नामांकन तथा प्रदेश राजधानी तोक्न सुझाव संकलनका लागि गठन गरिएको समितीका संयोजक बिन्दुकुमार थापाले नामका विषयमा सदनमा प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमा छलफल नै हुन नसकी बैठक स्थगित भएको नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले जानकारी दिएका छन्।

‘नेकपाका सांसदहरूले आन्तरिक गृहकार्य नसकेको भनेपछि बैठकमा छलफल नै भएन’ दवाडीले भने ‘आजको बैठकमा विषय प्रवेश भयो छलफल भने भएन। नेकपाबीचमै सहमति भएन। सूचना टाँस गरेर स्थगित भयो।’ कार्यव्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक २ दिनका लागि स्थगित गरिएको हो।

प्रदेश ४ को नामका लागि गोरखा, गण्डक, तमुवान, तमुवान–मगरातलगायतको नाम चर्चामा छन्। सांसद स्रोतका अनुसारका गण्डकी र गण्डकी तमुवान भन्ने विषयमा नेकपाका सांसदहरूले संसदमै फरक मत राखेका थिए। अन्य पार्टीका सांसदहरूले गोरखा र गण्डकी नाम उपयुक्त हुने बताएको सांसद दवाडीले जानकारी दिए।

नयाँ शक्तिले पनि नेकपाका केही सांसदले नै जुराएको नाम गण्डकी तमुवान प्रदेशको पक्षमा आफ्नो भनाइ राखेको छ। सुझाव संकलन समितिले पेस गरेको प्रतिवेदनमा अधिकांश जनताले गण्डकी नाम उपयुक्त हुने सझाव दिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.